२०८२ जेष्ठ १९, सोमबार १२:०७

हिन्दु राष्ट्रसहित राजसंस्था स्थापनाका लागि भन्दै  ‘नेपाल हिन्दु राष्ट्र पुर्नस्थापना मञ्च’ नामको राजावादी समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको छ।

काठमाडौँमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका बेला भारतको राजधानी दिल्लीमा उक्त समूहले नेपालमा हिन्दु राष्ट्रसहित राजसंस्था स्थापनाका लागि अप्रत्यक्षरुपमा भारतीय सरकारको सहयोग मागेको हो।

आइतबार दिल्लीको प्रेस क्लव अफ इण्डियामा  पत्रकार सम्मेलनको आयोजना गरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई  ज्ञापन पत्र पठाइएको समेत बताइएको छ। ज्ञापन पत्रमा  नेपालाई हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ।

समारोहमा बोल्दै संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर ईन्जिनियर विष्णुप्रसाद बरालले गणतन्त्र आएको १७ वर्षमा नेपालमा राजसंस्था र हिन्दु राष्ट्रबिना विकास सम्भव नभएको भन्ने पुष्टि भएको जिकिर गरे।

उनले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दवाब बनाउन सुरु गरेको र सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको बताए।

Comment

Related News

Latest News

Trending News