२०८२ जेष्ठ १९, सोमबार १२:१९

यातायात व्यवसायी र सरकारबीच जारी वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

बिहानैदेखि गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसमेतसँग भइरहेको वार्ता यो समाचार तयार पार्दासम्म निष्कर्षमा पुग्न नसकेको हो।

वार्तामा सहभागी राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएको जानकारी दिए।

‘वार्ता भइरहेको छ, कुनै सहमति बनेको छैन’, उनले भने, ‘अहिले खाना ब्रेक लिइएको छ। अहिले फेरि बस्नेछौँ।’

उनका अनुसार खाना ब्रेकपछि पुनः वार्ता सुरु हुनेछ।

Comment

Related News

Latest News

Trending News