२०८२ जेष्ठ १९, सोमबार १३:२७

भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको सङ्ख्या ३ हजार ९६१ पुगेको छ।

बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।

यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

यसैबिच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ। स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए। अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ।

Comment

Related News

Latest News

Trending News