
जनकपुरधाम उपमहानगरपालिका–११ स्थित रुकमीणी सरकार सौन्दर्यीकरणको नाममा सडक मिचेएको स्थानीयले आरोप लगाएका छन् ।
जानकी मन्दिरको स्वामित्वमा रहेको र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रुकमणी सरको सौन्दर्यकरणका लागि मधेश प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो रकम उपभोक्ता समितिमार्फत खर्च गर्ने निर्णय भएको भए पनि, स्थानीयवासीले जनाए अनुसार समितिले आफैं काम नगरी ठेकेदारसँग कमिसनको आधारमा सम्झौता गरेर कार्य गरिरहेको आरोप लागेको छ ।
सौन्दर्यकरणको नाममा भइरहेको विकास निर्माणको कार्यमासमेत गुणस्तरहीन टायल, कमसल रेलिङ, र मापदण्डविपरीतको निर्माण शैली अपनाइएको स्थानीयबासीले गुनासो गरेका छन् । पीसीसी सडक मिचेर सडकमै टायल्स बिछ्याएर रेलिङले घेरिएको अवस्था देखिएको छ ।
इतिहासविद प्रफुल्लराज घिमिरेका अनुसार पौराणीक पोखरीहरुलाई सौन्दर्यीकरण गर्नु खुसीको कुरा हो यसमा विरोध पनि नहुनुपर्ने हो तर सौन्दयीकरणको नाउमा सडकनै मिचरे कार्य गर्नु उपयुक्त होइन,यो बजेटको दुरुपयोग हो । पक्की सडकको ठूलो भाग ओगटेर टायल बिछ्याइएको छ, जसले न त पैदल यात्रुलाई सजिलो बनाउँछ न त सवारी आवागमनलाई सुरक्षित राख्छ,उनले भने ।
स्थानीयवासीले बताए अनुसार कामको मुल उद्देश्य सौन्दर्यकरण नभई बजेटको अधिकतम दुरुपयोग र ठेकेदार–राजनीतिज्ञ गठजोड भएको देखिन्छ । यस्ता सार्वजनिक परियोजनामा पारदर्शिता, गुणस्तर, र जन सहभागिता आवश्यक रहेको स्थानीयहरुको भनाइ छ ।