२०८२ जेष्ठ २१, बुधबार ०७:५०

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका साहमाथि लागेका नैतिक चरि त्रसम्बन्धी गम्भीर आरोप, विशेषतः नैतिक चरित्रको विवादले पार्टीभित्र चर्को दबाब सिर्जना भएपछि शीर्ष नेतृत्वको निर्देशनमा उनले पद त्याग गर्न बाध्य भएका छन् । यससँगै माओवादी केन्द्र मधेश प्रदेशभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक कलह तत्कालका लागि साम्य भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर साहले राजीनामा बुझाएको प्रदेशसभा सदस्य सुनिता यादवले पुष्टि गरिन् । केही महिनाअघि काठमाण्डुस्थित पार्टी कार्यालयमा बसेको मधेश प्रदेश संसदीय दलको बैठकमा साहमाथि यौन दुराचारसम्बन्धी आरोप लागेको थियो ।

लामो समयपछि माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले पद जोगाउँदै आए पनि अन्तिममा भने बेवास्ता गर्दा उनले राजीनामा दिनु परेको छ । पार्टीको उच्च तहबाटै राजीनामाका लागि दबाब आएपछि उनले पद छाडेका हुन् । एक नेताका अनुसार केही नेताले साहलाई जोगाउने प्रयास गरे पनि प्रदेशसभाका बहुमत सदस्यले उनलाई हटाउनका लागि लगातार दबाब दिँदै आएको थियो ।

आरोपहरू सतहमा आएपछि करिब १० महिनासम्म संसदीय दलको बैठकसमेत नबोलाइएको जनाइएको छ । महोत्तरी क्षेत्र नं. १ (ख) बाट निर्वाचित भरत साहको राजीनापछि अब नयाँ संसदीय दलको नेता चयनका लागि चाँडै बैठक बोलाइने तयारी रहेको सुनिता यादवले जानकारी दिइन् । हाल रौतहटबाट निर्वाचित युवराज भट्टराई (समीर) माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका उपनेता छन्।

नयाँ नेताको चयनसँगै दलभित्र स्थायित्व आउने र यसअघिका विवादहरू समाधान हुने अपेक्षा गरिएको छ । यता संसदीय दलको नेता पद रिक्त भएपछि चाँडै नै पदपुर्ति गरिने भएको माओवादी केन्द्र मधेश प्रदेश संसदीय समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News