
वैदेशिक रोजगारीमा साउदी अरबमा काम गरिरहेका प्रमोद साह जसोतसो फर्किएका छन् । तर उनको स्वास्थ्य अवस्था निकै दयनीय रहेको छ । उनको उपचारमा कम्पनीले वास्ता नगर्दा अस्पतालले उपचारका लागि ढिला सुस्ती गर्न थालेपछि प्रमोदका परिवारजनले नेपाल ल्याएर यहीँ उपचार गर्ने भने पनि नेपाल सरकार, साउदी अरबस्थित नेपाली राजदूतवासले समेत करिब चार महिनासम्म पीडित परिवारजनले निकै मिहिनेत गर्नु परेको छ । उनको उपचार काठमाण्डौँस्थित वीर अस्पतालमा भइरहेको छ ।
उपचारकै क्रममा रहेका प्रमोद अहिले गाउँ फर्किएका छन् । तर स्वास्थ्य अवस्था भने दयनीय नै छ । विदेशमै हुँदा सरकार, दूतावास र कार्यरत कम्पनी गम्भीर नहुँदा उनको स्वास्थ्य उपचारदेखि नेपाल ल्याउनमा निकै झेलहरु झेल्नु परेको प्रमोदका परिवारजन बताउँछन् । आफ्नो दाजु प्रमोदलाई घर फर्काइदिनका लागि भाई राम साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई समेत गुहारे । तर उनले फोनमार्फत आश्वासन दिए गम्भीर घाइते भएर विरामी रहेका प्रमोललाई नेपाल ल्याइने सक्ने भनेको करिब चार महिना नै कुर्नु पर्यो ।
साउदी अरबस्थित नेपाली राजदूतावासको समन्वयमा आउने पक्कापक्की भए पनि एक पटक त विमानस्थलबाटै विरामीलाई फर्काइएको थियो । साउदी अरबका लागि नेपाली राजदूतावासका काउन्सिलर श्रम कविराज उप्रेतीले सम्पूर्ण प्रक्रिया पूरा भइसकेको भन्दै नेपाल उड्नका लागि टिकट लिएर विमानस्थल जान प्रमोदलाई भने । उनी साथीको सहयोगमा विमानस्थल पुगे पनि प्रक्रियामा त्रुटि रहेको भन्दै फर्काएपछि उनले तत्कालै काउन्सिलर उप्रेतीलाई सम्पर्क गरे पनि उनी भने सम्पर्कमै आएनन् ।
टिकटका लागि उप्रेतीले २८ हजार नेपाली रुपैयाँ लिएका थिए । तर त्यसको हिसाबकिताब पनि पारदर्शी नभएको परिवारजनको आरोप छ । त्यस दिन उनी दिनभर नै विमानस्थलमै अलपत्र रहे । विरामी प्रमोदको स्वास्थ्य अवस्थालाई बेवस्ता गर्दै नेपाली राजदूतावसले भने गम्भीर लापरवाही गरेको उनका भाई राम साहले बताए । श्रम मन्त्रालय र नेपाली राजदूतावसको कार्यालयले समेत गम्भीर घाइते भइ विरामी रहेका प्रमोदको स्वास्थ्यप्रति चिन्तित नहुँदा उनको स्वास्थ्यसंग खेलवाड भए पनि ढिलाचाँडो आएकोमा गुनासो सहित खुसी व्यक्त गरे ।
विरामी प्रमोदसंग रहेको करिब तीन हजार रियालसमेत उप्रेतीले उद्धारका लागि रकम खर्च हुने भन्दै लिए पनि न त सहीढंगले उपचार नै भइरहेको छ न त नेपाल ल्याउनका लागि चासो नै देखाएको आरोप उनका एक सहयोगीले लगाए । अहिले उनका भाइ राम साह भने स्मरण गर्दै दाजु प्रमोदको उद्धारका लागि काठमाण्डौँदेखि जनकपुरधामसम्म विभिन्न निकायदेखि विभिन्न मन्त्री र नेताहरुसंग पनि भेटघाट गरी सहयोगको लागि याचना मागेको थिए । तर चार महिनाको लविंगपछि हजारौँ रुपैयाँ खर्च गरी ल्याउन सकेको बताए ।
संघीय सरकार अन्तर्गतको श्रम मन्त्रालयमा कयौँ पटक गए पनि विचौलियाँ र दलालसंग नै भेटेर कुराकानी गर्न मन्त्रालयकै केही कर्मचारीले बार्गेनिंगसम्म गरेको स्मरण रामले गरे । सोही अनुसार भेटघाट गर्दा रकम खर्चिन भनेको उनले बताए । काम सकेर साउदी अरबस्थित कार्यालयबाट डेरातर्फ गाडीमै गइरहेका धनुषाको धनुषाधाम– ५ स्थित नौ सय बिघाका प्रमोदसहित केही साथीहरु भलाकुसारी गरिरहेका थिए । सोही क्रममा तीव्रगतिमा विपरीत दिशाबाट आएको एक गाडीले ठक्कर दिएपछि तत्कालै तीनजना पाकिस्तानी र दुई जना नेपालीको गाडीमै मृत्यु भएको थियो । सोही क्रममा साउदी अरबको एक कम्पनीमा सेक्युरिटी गार्डमा काम गरिरहेका प्रमोद भने गम्भीर घाइते भए ।
उनको उपचार त्यहाँकै एक अस्पतालमा भइरहे पनि कम्पनी, नेपाली राजदूतावासको लापरवाहीका कारण बेवास्ता भइरहेको छ । उनी दुर्घटना भएपछि कार्यरत कम्पनीले भने शुरुमा वास्ता नगरेको आरोप उनको आफन्तजनले लगाए । यहाँसम्मकी साउदी अरबमै उनकै गाउँका कार्यरत उनका मित्र तथा आफन्तजनलाई समेत अस्पतालमा उपचाररत अवस्थामा भेटघाटसम्म गर्ने अनुमति दिएनन् ।
उनी भर्ना भएको करिब तीन सातासम्म कोमामा रहेका थिए । उनको करिब पाँच महिनादेखि उपचार भइरहेको छ । उनी कोमाबाट बाहिरिए पनि बोलचाल गर्न तथा हिड्डुलमा समस्या रहेको छ । उनी कार्यरत कम्पनीले शुरुमै वास्ता नगर्दा र अस्पतालले समेत लापरबाही गर्दा प्रमोदको स्वास्थ्य अवस्था दयनीय हुँदै गएको थियो । उनको गम्भीर दुर्घटना भएको थाहा पाए पछि यता घरपरिवारजन घर ल्याउनका लागि साउदी अरबस्थित कम्पनीदेखि काठमाण्डौँस्थित श्रम मन्त्रालयसम्म धाएको धाएकै थिए ।
कामको शिलशिलामा दुई वर्षको काम सकाएर आएका प्रमोद केही महिना बसेपछि पुनः उनी वैदेशिक रोजगारीका लागि साउदी अरब नै गएका थिए । घरपरिवारको पेट पाल्नदेखि बालबालिकाको लालनपोषण र अध्ययनका लागि भएपनि विदेश नै जानुपर्ने बाध्यता देखेपछि उनी अर्को पटक वैदेशिक रोजगारीका लागि गएका थिए ।