२०८२ जेष्ठ २१, बुधबार १४:३०

सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको बैठक निष्कर्षविहीन बनेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेका छन् ।

सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, बैठकमा कुनै सहमति नबनेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘हामीले हाम्रो कुरा प्रष्ट बैठकमा राख्यौं । तर उहाँहरू टसमस हुनभएन । कुरो मिलेन ।’

आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेको छैन । हिजो पनि सहमति नहुँदा आजसम्मको लागि स्थगित गरिएको थियो

सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

Comment


Related News

Latest News

Trending News