२०८२ जेष्ठ २२, बिहीबार ०६:४६

नेपाल रेडक्रस धनुषाद्वारा सञ्चालित जानकी आँखा अस्पताल भ्रष्टाचारको अड्डा बनेको भन्दै व्यवस्थित गर्न माग गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँखा अस्पतालको छानबिन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनको माग गर्दै आँखा अस्पतालका पूर्वपदाधिकारीहरुले बुधवार मुख्यमन्त्री सतीश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुख्यमन्त्री सिंहले ज्ञापनपत्र र प्रतिवेदन अध्ययन गरी कारबाही गर्ने वचन दिएको आँखा अस्पतालका पूर्वकोषाध्यक्ष धीरेन्द्रमोहन झाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन सचिव डा. प्रमोद यादवले आँखा अस्पतालको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा ऐननियम विपरीत आर्थिक कारोबार भइरहेको उल्लेख गरेका छन् ।

सो प्रतिवेदनमा आर्थिक अनियमितता भएको, अस्पताल परिसरमा सञ्चालित औषधि पसल मापदण्ड विपरीत र गैरकानुनी ढंगले सञ्चालन भइरहेको उल्लेख छ । आर्थिक अनियमिततालगायतका गतिविधिहरु पारदर्शी नरहेको, अस्पताल कुनै स्वास्थ्य निकायमा दर्ता नरहेको, नियामक निकायहरुलाई अनुगमन गर्न अवरोध खडा गरिएको, नेपाल रेडक्रस सोसाइटी धनुषाको सदस्यता सार्वजनिक नगरिएको, सिमित व्यक्तिले वर्षौदेखि कब्जामा राखेकोलगायतका आरोपसमेत रहेको छ ।

सो ज्ञापनपत्रमा जानकी आँखा अस्पताललाई पारदर्शी र व्यवस्थित गर्न माग गरेको छ । सो ज्ञापनपत्र बुझाउने क्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री रामसिंह यादव, निवर्तमान कोषाध्यक्ष धिरेन्द्र मोहन झा, पंकज जैन लगायतका रहेका छन् । उनीहरुले गैरकानूनी ढंगले अध्यक्ष दाबी गरी आँखा अस्पताललाई कब्जामा लिएका नरेश प्रसाद सिंहलाई तत्काल हटाउनु पर्ने माग गरेका छन् ।

Comment

Related News

Latest News

Trending News