२०८२ जेष्ठ २२, बिहीबार १७:०६

जनकपुरधाममा आजबाट सचेतनामुलक साताव्यापी ट्राफिक सप्ताह कार्यक्रम  शुरु भएको छ ।

ट्राफिक सप्ताहको समुद्द्घाटन कार्यक्रमको गर्दै मधेश प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले ट्राफिक नियम उलंघनका घटनाहरु अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बढिरहेको भन्दै सबैले ट्राफिक नियमको पालना गरे हामीलाई नै फाइदा हुने बताए ।

‘चालकले गुडिरहेको गाडी रोकी हाल्छ भनी सोची हामीले सडकबाटो काट्न थाल्छौं, यदि गाडीको ब्रेक फेल भएको रहेछ वा ब्रेक फेल भई दियो भने स्थिति भयावह हुन जान्छ ।’ मुख्यमन्त्री सिंहले भने, ‘त्यसैले हामीले आजै र आफैबाट ट्राफिक नियमको पालना गरौं ।’

समुद्द्घाटन कार्यक्रममा प्रहरी संगठनहरुले सांस्कृतिक बाजागाजा र भेषभुषा सहित ट्राफिक सचेतनामुलक विभिन्न नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सचिव बिमल प्रसाद बराल, नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी भुवन खत्री, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी २ नं.बाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरधामका निर्देशक माधव प्रसाद तिमिल्सिना सहित प्रदेश तथा धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News