२०८२ जेष्ठ २२, बिहीबार १७:५०

महोत्तरीमा सर्पको टोकाइबाट डिभिजन वन कार्यालयका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) निवासी राजकुमार महतोका १७ वर्षीय छोरा रुपेश महतो छन् ।

डिभिजन बन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गए राति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । तत्काल उनलाई बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पु¥याइएको थियो । उपचारको क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।

मृतक महतो डिभिजन बन कार्यालय अन्तर्गत साझेदार बन उपभोक्ता समूह – लक्ष्मिनियामा कार्यरत थिए । करिब एक वर्षदेखि उनले सोही बनमा भान्से (खाना पकाउने) का रूपमा सेवा दिइरहेका थिए ।

Comment


Related News

Latest News

Trending News