२०८२ जेष्ठ २३, शुक्रबार ०६:३९

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशका युवाहरूमा स्पष्ट लक्ष्य र उद्देश्यको अभाव रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय युवा परिषद्द्वारा जनकपुरधाममा आयोजित ’युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन २०८२’ मा बोल्दै उनले मधेसमा युवाको संख्या अत्यधिक भए पनि कुनै पनि क्षेत्रमा उल्लेखनीय सोचे अनुरुप सफलता हासिल गर्न नसकेको बताए ।
मन्त्री चौधरीले भने, ‘केही गरौं, कुनै लक्ष्य लिएर अगाडि बढौं भन्ने सोचको कमी मधेसका युवामा देखिन्छ । शिक्षा, स्वास्थ्य वा कुनै पनि क्षेत्रमा युवाहरूबाट राम्रो नतिजा आएको मैले देख्न पाएको छैन ।’

उनले समाज परिवर्तनमा लाग्नुपर्ने समयमा मधेसका युवाहरू सम्पत्ति कमाउने दौडमा मात्र लागेकोप्रति चिन्ता व्यक्त गरे । ‘हामी समाज रूपान्तरणभन्दा पनि भौतिक सम्पत्तिप्रति आकर्षित छौ। त्यो हाम्रो चिन्ताको विषय हो, मन्त्री चौधरीको भनाइ थियो ।

खेलकुद क्षेत्रको अवस्था प्रति पनि उनले गहिरो चिन्ता व्यक्त गरे । ‘मधेसले खेलाडी उत्पादन गर्न सकेको छैन । अलि–अलि क्रिकेटमा केही सक्रियता देखिए पनि अन्य खेलहरूमा त पूर्णरूपमा खेलाडी उत्पादन हुनै छाडेको छ उनले भने।

कार्यक्रममा मन्त्री चौधरीले युवाहरूलाई उद्यमशीलता, सिर्जनशीलता र समाजप्रतिको उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गरे । उनले मधेस प्रदेशमा युवा कार्यक्रम र खेलकुद पूर्वाधारको अभाव रहेको स्वीकार गर्दै आउने दिनमा यसको समाधान खोजिने प्रतिबद्धता समेत व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News