२०८२ जेष्ठ २३, शुक्रबार ०७:३३

पूर्वका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका ठाउँमा पानी परिरहेको हो ।

आज दिउँसो पनि कोशी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाढी आउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन । आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानी कम पर्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News