
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले आलोपालोको सहमति अनुसार मधेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गर्नेसमेत जानकारी दिनुभयो ।
त्यस अवसरमा कांग्रेसका नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।