
सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा टोलमा डकैती गर्न आएका डाका समूह बिरुद्ध प्रतिकारमा उत्रेका एक जना घरपट्टीको निर्मम ढंगले हत्या गरिएको छ । प्रतिकारका क्रममा अर्का एक जना गम्भिर घाइते भएका छन् ।
बिहीबार मध्यराती १ बजेतिर कन्तलाल चौधरीको घरमा हतियारसहित आएको ५/६ जनाको डाका समूहले लुटपाट गर्दै गरेका बेला प्रतिकार गर्न खोज्दा उनको गोली र घरेलु हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

गोली र खुकुरी प्रहारबाट गम्भिर घाइते भएका ५६ वर्षिय चौधरीलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शव अहिले पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याई पु¥याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।