२०८२ जेष्ठ २३, शुक्रबार १६:२९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउने वातावरण बने संसदको अवरोध खुल्ने बताउनुभएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताउनुभएको हो ।

बिपक्षीले राखेका बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवासंगै छलफल गर्ने तयारी भएको उहाले बताउनुभयो । प्रचण्डले कांग्रेसका अन्य नेताहरू छानबिन प्रक्रिया अगाडि बढाउन सकारात्मक देखिएको जिकिर गर्नुभयो ।एकदुई दिन भित्रै यस बिषयमा उचित निकास निस्कने उहाको भनाइ छ ।

त्यस्तै पतञ्जली जग्गा प्रकरणमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारको नीतिगत निर्णयमा अख्तियारले मुद्दा लगाएपछि प्रश्नचिन्ह खडा भएको टिप्पणी गर्नुभयो । माधव नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रतिशोधको गन्ध आएको उहाले बताउनुभयो ।

प्रचण्डले माधव नेपाल स्वमले अदालतले न्याय दिने बताएको र आफुलाई पनि न्याय दिनेमा विश्वास रहेको उल्लेख गर्नुभयो ।

 

Comment


Related News

Latest News

Trending News