२०८२ जेष्ठ २६, सोमबार ०७:४५

भारतमा कोरोनाको संक्रमण दर तीब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ ।

भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम थालिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए । उनले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताए ।

पूर्वतयारीको क्रममा भार तसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका र त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको उनले बताए । नाकामा भित्रिने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा परिणाम जे आए पनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News