२०८२ जेष्ठ २६, सोमबार ०८:०३

मधेश केन्द्रित दलका नेताहरुमा व्यक्तिपिछे पार्टी बनाउनेमा विवादित रहेको बेला गजेन्द्रनारायण सिंह संस्थापक रहेको नेपाल सद्भावना पार्टीमा फेरि विवाद उत्पन्न भएको छ । २०५८ सालमा गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी विभिन्न पटक विभाजन भएको छ ।

विभाजनकै कारण पार्टी विलयको अवस्थामा पुगेको थियो । एकपछि अर्को विभाजन भएर अवशेषको रूपमा मात्र बाँकी रहेको नेसपामा अहिले पनि विवादित नै छ । उनीपछि उपेन्द्र यादवले समेत दल गठन गरे । तर तत्कालीन मधेशी जनअधिकार फोरम नेपालदेखि संघीय समाजवादी पार्टी नेपाल, समाजवादी पार्टीदेखि जनता समाजवादी पार्टीसम्म आउँदा विवादैविवादको उतारचढाव छ ।

त्यस्तै महन्थ ठाकुरले समेत तमलोपा गठन गरी मधेश केन्द्रित दल अगाडि बढाए । त्यो दल पनि विभिन्न रुप लिँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्ष बनेर चित्त बुझाउन बाध्य छन्, महन्थ ठाकुर । त्यस्तै उनीसंगै रहेका वृषेशचन्द्र लाल अहिले तमलोपा गठन गरी अलग्गै पार्टी चलाइ रहेका छन् ।

तराई मधेश सद्भावना पार्टी गठन गरेका महेन्द्रराय यादव अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् । त्यस्तै सद्भावना पार्टीदेखि राष्ट्रिय मुक्ति पार्टीको अध्यक्ष रहेका राजेन्द्र महतोलगायतका इतिहास हेर्दा उनीहरु कुनै समय उपेन्द्रदेखि महन्थ, राजेन्द्र, महेन्द्र रायलगायतका नेताहरु संगै एउटै पार्टीमा थिए । तर सो पार्टी पनि सत्ता राजनीति स्वार्थको चटारोमा फुट्दै गए ।

अहिले पनि उनीहरु अलग अलग समूहमा आ–आफ्नो अस्तित्वमा छन् । सोही अवस्थामा मृत अवस्थामा रहेको नेपाल सद्भावना पार्टी चर्चामा आएको छ । नेपाल सद्भावना पार्टीसंग जोडिएका तत्कालीन कुनै पनि नेताले भने दाबीसमेत गरेनन् । महतोले एउटा सानो समूह बनाएर यसलाई बचाउने प्रयास गरिरहँदा पनि विवादित नै रह्यो ।

केही दिनदेखि सो पार्टीमाथि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता रहेका अनिल झाले आफ्नो नाममा दर्ता गराउन थालेपछि विवाद सतहमा आएको छ । अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको पार्टीको बैठकबाट अनिल कुमार झालाई पार्टीको अध्यक्ष बनाउने भनेर गरेको निर्णयसहितको माइन्युट निर्वाचन आयोगमा पुगेको छ । पार्टीको अध्यक्ष अनिलकुमार झालाई बनाउने भनी नेपाल सद् भावना पार्टीका महासचिवसहित बहुमत सदस्यले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा पुगेको छ ।

तर अध्यक्ष रामकुमार महतोले निर्वाचन आयोगमा नेता झाले पेश गरेको कागजात फर्जी रहेको भन्दै धनुषा जिल्ला अदालतमा नेता झाविरुद्ध मुद्दा दायर गरिएको छ । नेसपाका अध्यक्ष महतोले निर्वाचन आयोगमा पेश गरेको हस्ताक्षर फर्जी रहेको दाबी गरे । उनले हस्ताक्षर गरेका मध्ये २१ जना आफ्नो सम्पर्कमा रहेको भन्दै आफूहरुले हस्ताक्षर नै नगरेको उनले दाबी गरे ।

अध्यक्ष महतोले नेता झाले फर्जी काम गरेकाले सोविरुद्ध आफू न्यायालयमा मुद्दा दिएको बताए । तर नेता अनिल झा पक्षका नेताहरूले भने हस्ताक्षर फर्जी नभएर रकममा कुरा नमिल्दा लफडा झिकेको जिकिर गरे । नेता अनिल झाले भने यस विषयमा केही प्रतिक्रिया दिन चाहेनन् । अध्यक्ष महतोले आफ्नो पार्टी २० लाख रुपैयाँमा नेता झालाई बेचेको स्रोतको दाबी छ ।

नेता झाले २० लाख रुपैयाँ दुई वर्षपछि मात्र दिने भनेपछि सो विवाद उत्पन्न भएको नेता झा निकटका नेताहरुको भनाइ छ । प ा र्ट ी सञ्चालनका क्रममा १८ लाख ऋण भएको र त्यो रकम तिरिदिए पार्टी सुम्पिदिने भनेर अध्यक्ष महतोले भनेको झा पक्षका एक नेताले बताए । नेता झालाई पनि पञ्जा छापसहितको नेपाल सद् भावना पार्टी चाहिएको थियो । उनी पनि रकम दिन तयार भए ।

अध्यक्ष महतोले पनि बैठक बसेर सर्वसम्मतिबाट नेता झाको अध्यक्षतामा पार्टी अगाडि बढाउने कुरा भएको थियो । सो बैठकले गरेको निर्णय तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको निवेदन नेता झाले निर्वाचन आयोगमा दर्ता गराएका थिए । पार्टीलाई लागेको ऋण तथा अन्य दायित्व नेता झाले बेहोर्ने माइन्युट पनि निर्वाचन आयोगमा पेस भएको छ ।

तर, अध्यक्ष महतोले नेता झासँग रकम माग्न थालेपछि विवाद सतहमा आएको छ । नेता झाले तत्काल २० लाख रुपैयाँ नदिएपछि अध्यक्ष महतोले धनुषा जिल्ला अदालतमा गएर मुद्दा दायर गरेको झा निकट एक नेताले बताए । यसअघि पनि नेपाल सद्भावना पार्टीको महाधिवेशन दुई ठाउँमा भएको थियो । रामचन्द्र कुशवाहा समूहले पर्सामा महाधिवेशन गरेको थियो ।

यता अध्यक्ष महतोले जनकपुरधाममा गरेका थिए । मन्त्री बन्नकै लागि नेपाल सद्भावना पार्टीबाट राजेन्द्र महतोले अलग्गै पार्टी बनाए । अनिल झा, रामनरेश राय यादव, श्यामसुन्दर गुप्ता, विकास तिवारीलागयतले पनि अलग्गै पार्टी बनाए ।

Comment


Related News

Latest News

Trending News