२०८२ जेष्ठ २७, मंगलवार ०६:३४
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जनकपुरधामस्थित राजर्षि जनक विश्व विद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुन आउने कार्यक्रम रहेको छ ।
जनकपुरधाममा मंगलबार महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा आयोजना हुने दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्व विद्यालयका उपप्रशासक सन्तोष कुमार अर्यालले जानकारी दिए ।
राजर्षि जनक विश्व विद्यालय स्थापना भएपछिको पहिलो दीक्षान्त समारोहमा ४ वटा संकायका स्नातक तथा स्नातकोत्तर तह पूरा गरेका १ सय १४ जना विद्यार्थीहरू दीक्षित हुन लागेको विश्वविद्यालयले जनाइएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई दीक्षित हुने कार्यक्रम रहेको छ ।


