
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ थियो ।
सुनको भाउ घटेको दिन आज चाँदीको भाउ भने बढेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।