२०८२ जेष्ठ २७, मंगलवार १६:०७

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा सुधारका लागि काम गरिरहेको बताएका छन् ।

आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालिसकेको पनि जवाफ दिएका छन् ।

संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूले गृह मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लाग्दा थुप्रै नीतिगत सुधारका काम गरेको जिकिर लेखकले बैठकमा गरेका छन् ।

‘यो सरकार गठन भएको ११ महिना भएको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ’, उनले भने, ’मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानुनी र संरचनागत सुधार गरिरहेको छु ।’

Comment


Related News

Latest News

Trending News