२०८२ जेष्ठ २८, बुधबार ०७:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ बलियो रहेको बताएका छन् ।

जनकपुरधाममा मंगलबार राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूट्रनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनु अघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक विसं.१२१० मा निकालेका थिए ।” , उनले अघि थप्दँै भने “पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरु विश्वमा कमजोर हुन सक्दैनन् ।”

विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News