२०८२ जेष्ठ २८, बुधबार ११:३६

विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्य आज बढेको छ। आइतबार तोलामा तीन हजार, सोमबार एकसय र मंगलबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज एक हजार तीनसय रुपैयाँ बढेको हो।

मूल्य बढेर आज सुन तोलाको एकलाख ९१ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला दुई ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News