२०८२ जेष्ठ २९, बिहीबार ०७:११

नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरको सांसद पद निलम्बनबारे मधेश प्रदेशसभामा जानकारी गराइएको छ ।

बुधबार सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको निलम्बनसम्बन्धी पत्र पढेर जानकारी गराए । मंगलबार अख्तियारले उपनेता ठाकुरसहित १७ जनामाथि धनुषाको औरही गाउँपालकिामा १५ शैय् याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उपनेता ठाकुर धनुषा निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका छन् । उनको डी एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रहेको निर्माण कम्पनीबाट कार्य अनुभवलाई संशोधन गरी सात दिनको म्याद थप गरी ठेक्का लिएर काम गरेका थिए ।

नेता ठाकुरविरुद्ध अख्तियारले ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना माग गरेको छ । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मा पनि मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विक हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भएर निलम्बन भएका छन् ।

Comment


Related News

Latest News

Trending News