२०८२ जेष्ठ २९, बिहीबार १३:२२

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरिएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा लापरबाही हुने गरेको गुनासोपछि मन्त्रालयले स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ कार्यविधि जारी गरेको हो ।

कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ । जेठ २३ मा वैदेशिक रोजगार नियमावलीअनुसार गठित विशेषज्ञ समितिको बैठकबाट भएको निर्णय बमोजिम मन्त्रीस्तरको निर्णयअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिलाई संशोधन गरिएको हो ।

श्रम मन्त्रालयका अनुसार प्रमुख गन्तव्य देश मलेसिया, कतार, साउदी अरेबिया, युएई र युरोपेली देशहरूले राखेको मापदण्डअनुसार स्वास्थ्य जाँचमा वृद्धि गरिएको जनाइएको छ ।

प्रयोगशालामा अनिवार्यरुपमा निम्न बमोजिमको अद्यावधिक अभिलेख दुरुस्त राख्नुपर्नेछः 

• परीक्षण सम्बन्धी SOP.
• Internal Quality Control Assessment (IQA) को अभिलेख
• External Quality Control Assessment (EQA) को अभिलेख,
• Reagent खरिद गरेको अभिलेख,
• रेफ्रिजिरेटरको दैनिक तापक्रम मापन गरेको अभिलेख,
• मेसिनरी औजार मर्मत सम्भार गरेको अभिलेख,
• मेसिनरी औजार खरिद गरेको अभिलेख,
• मेसिनरी औजार संस्थाको स्वामित्वमा रहेको प्रमाण
• वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गरिएको अभिलेख रिपोर्ट ।

Comment

Related News

Latest News

Trending News