
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीप्रसाद थारुमाथि दुर्व्यवहार भएको छ ।
धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले वीरगञ्ज इजलासमै प्रवेश गरेर न्यायाधीश थारुमाथि दुर्व्यवहार गरेका हुन् ।
जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमले गएको जेठ १४ गते उच्च अदालत वीरगञ्ज इजलासबाट सफाइ पाउनुभएकाे थियाे ।
न्यायाधीश थारु र अर्जुन महर्जनको इजलासले रौतहटमा भएको बम विस्फोट घटनाका विषयमा जिल्ला अदालतको आदेश उल्टाएर आलमलाई सफाइ दिएको थियो ।