२०८२ जेष्ठ ३०, शुक्रबार १४:०२

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले असार तेस्रो साता प्रधानमन्त्री ओली स्पेन जाने कार्यक्रम तय भएको जानकारी दिएकी हुन्।
उनका अनुसार ओली सेभिल सहरमा असार १६-१९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जाने भएका हुन्।

यसबारे नेपालले धेरै तयारी गरेको र यसबारे केहीदिन अघि भर्चुअल बैठक हुँदा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पनि उनले सुनाइन्। राणाका अनुसार कार्यक्रमको नेपाल आयोजक समिति सदस्य हो।

Comment


Related News

Latest News

Trending News