२०८२ जेष्ठ ३०, शुक्रबार १७:३९

विशेष अदालतले रौतहट ईशनाथ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तासहित तीनै जनालाई सफाइ दिएपछि उक्त फैसलाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

तत्कालीन प्रशासकीय अधिकृत गुप्ता, इन्जिनियर सत्यपाल सौरभ, प्रधानाध्यापक मुहमद समिम अख्तरविरूद्ध अख्तियारले शुक्रबार पुनरावेदन दिएको हो।

उनीहरूविरूद्ध आधारभूत विद्यालय लक्ष्मीनियाँ भवन निर्माणमा फिल्डमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गरी नभए नगरेको कार्यसमेत भएको भनी झुटो बिल बनाएको आरोप अख्तियारले लगाएको थियो।

उनीहरूले ३ लाख ३ हजार ७९७ रूपैयाँ ६३ पैसा बढी भुक्तानी गरेको आरोपमा सोही अनुसारको बिगो माग गरी अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

उक्त मुद्दामा २०८१ असार २ गते विशेष अदालतले सफाइ दिएको अख्तियारको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News