२०८२ जेष्ठ ३१, शनिबार १२:५८

भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका छन्।

उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत फागुन ४ गते  केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई मर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए।

तर उडिसाको उच्च अदालतले मे १६ मा १ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन्।

प्रकृतिका बुवा सुनील लम्सालले अभियुक्तलाई रिहाको आदेश उच्च अदालतले त्यतिबेलै दिएको भए पनि आफूले दुई/चार दिनअघि मात्र थाहा पाएको बताए।

अभियुक्त धरौटीमा छुटेकाले अब आफूले न्याय नपाउने हो कि भन्ने चिन्ताले सताएको उनले बताए।

Comment


Related News

Latest News

Trending News