२०८२ असार १, आईतवार ०७:५०

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले स्वास्थ्य कार्यालय सर्लाहीमा छापामारी महत्पूर्ण दस्तावेज तथा फाइलहरु नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

अख्तियारबाट आएका कर्मचारीहरुले आर्थिक वर्ष २०८०/०८१ तथा चालु वर्षमा संचालन भएको सम्पूर्ण कार्यक्रम तथा योजना र भौतिक निर्माणलगायतका फाइलहरु जफत गरेको स्रोतले दाबी गरेको छ ।



२०८०/०८१ मा बर्थिंग सेन्टर निर्माण तथा खोप कार्यक्रम संचालनको लागि ३६ करोडको हाराहारीमा बजेट रहेको थियो । सो परिमाणको बजेटबाट मुख्यतह बर्थिंग सेन्टर निर्माण कार्य सर्लाहीका विभिन्न स्थानीय तहहरुमा भएको थियो ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा पनि यस कार्यालयको जम्मा बजेट १६ करोड ५१ लाख ८२ हजारको हाराहारीमा रहेको छ । जसबाट भौतिक निर्माण, योजना तथा कार्यक्रम संचालन भएको छ । यो दुई वर्षको अन्तरालमा ५२ करोड ५१ लाख ८२ हजारको बजेट संचालन गरेको स्वास्थ्य कार्यालय सर्लाहीमा व्यापक हिनामिना भएको उजुरी परेपछि अख्तियारले हिजो कार्यालयमा छापा मारेको एकजना कर्मचारीले बताए ।

दुई वर्षको अन्तरालमा स्वास्थ्य कार्यालय सर्लाहीमा कन्टिजेन्सी वापत आएको डेढ करोड भन्दा बढिको रकममा व्यापक अनियमितता भएको भन्दै उक्त फाइलहरु पनि अख्तियारले जफत गरि लगेको स्रोतले बताएको छ । अख्तियार कार्यालयमा आएपछि दैनिक हाजिरी रजिष्टर चेकजाँच गरि आफनो कब्जामा लिएको छ ।

करारका कर्मचारी नियुतिmमा समेत चलखेल देखिएको हुन सकने बताउदै अख्तियारले करारका कर्मचारी नियुतिmका फाईल र हाजिरी रजिष्टर समेत जफत गरी लगेको कार्यालय स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News