जनकपुरधामस्थित कपडा तथा रेडिमेड व्यवसायी संघको प्रथम साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।
संघको अध्यक्षमा सन्दीप साह चयन भएका छन् भने उपाध्यक्षमा सुनिल साह, सचिवमा बिट्टु चौधरी, सह–सचिवमा देव मोहन साह (दिपक) र कोषाध्यक्षमा प्रमोद कुमार दास चयन भएका छन् ।
त्यस्तै, संघको कार्यसमिति सदस्यहरूमा संजिव साह (कुर्था), कामेश कुमार झा, राजीव कुमार साह, सन्तोष लाल दास, संजय कुमार साह, पशुपतिनाथ कापडी, राजेश लाल दास, जिवछ साह र गोविन्द पण्डित चयन भएका छन् ।
नवगठित संघले स्थानीय स्तरमा कपडा तथा रेडिमेड व्यवसायसँग सम्बन्धित व्यापारीहरूको हकहित संरक्षण, व्यवसायिक सञ्जाल विस्तार तथा बजारको अनुशासन कायम गर्न सक्रिय भूमिका खेल्ने बताइएको छ ।
साधारणसभामा वक्ताहरूले व्यवस्थित व्यवसायिक वातावरण निर्माणका लागि संघको भूमिकालाई प्रभावकारी बनाउने आवश्यकता औंल्याएका थिए । व्यापारीहरूले संघप्रति आशा व्यक्त गर्दै सबै व्यवसायीहरूको साझा आवाज बन्ने विश्वास व्यक्त गरेका छन् ।


