२०८२ असार १, आईतवार १७:२८

चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल जेठ ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो ।

संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू आर्थिक वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भन्सार विभागले ४ खर्ब २५ अर्ब २५ करोड २८ लाख रुपैयाँ राजस्व उठाउँदा आन्तरिक राजस्व विभागले ४ खर्ब ९२ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ उठाएको छ । यस अवधिमा ९८ अर्ब ८ करोड ३७ लाख रुपैयाँ गैर कर संकलन भएको छ ।

Comment


Related News

Latest News

Trending News