२०८२ असार २, सोमबार १६:३८

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सव इन्जिनियरको जागिर खान नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको आरोपमा एक जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयका तत्कालीन सव-इन्जिनियर दीपेन्द्रकुमार झा भनिने  दिपेन्द्र कुमारविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा  दायर गरेको हो।

उनी करारको जागिर पाउनका लागि गाउँपालिकामा नक्ककी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप अख्तियारको छ।

उनले नक्कली शैक्षिक पत्र पेस गरेर नियुक्ति लिई ‌ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले कुमारविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News