२०८२ असार २, सोमबार १६:५०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसद्को बैठक सञ्चलन गरेको आरोप लगाएका छन्।

संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसकेको आरोप लगाए । संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद् अवरुद्ध रहेको हुने भन्दै उनले संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताए।

‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन, संसदीय परम्परामा संसद् अवद्ध भइरहेको बेलामा वा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद् अवरुद्ध मानिन्छ,’ लिङ्देनको भनाइ छ, ‘पहिले दुईवटा महत्वपूर्ण राजनीतिक पार्टीहरुले देशको महत्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद् भद्रगोल तरिकाले अघि बढाए।’

उनले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाउँदै सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको टिप्पणी गरे।

Comment


Related News

Latest News

Trending News