२०८२ असार ४, बुधबार १०:१५

इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमिनीले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले बल्ल युद्ध शुरू भएको चेतावनी समेत दिनुभएको छ ।



यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने सुझाव दिनुभएको थियो । त्यसपछि खोमिनीले कडा जवाफ दिनुपर्ने भन्दै युद्ध नरोक्ने बताउनुभएको हो ।

ट्रम्पले इरान र इजरायलबीचको द्वन्दमा अमेरिका संलग्न भए इरानले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिनुभएको छ ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, पछिल्लो आक्रमणमा अमेरिकाले अहिलेसम्म आधिकारिक रुपमा आफ्नो सहयोगबारे बोलिसकेको छैन ।

Comment


Related News