२०८२ असार ५, बिहीबार १३:५२

नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तक च्यातेका छन्। बिहीबारको संसद् बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्। उनले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै पुस्तक च्याते।

‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन,’ उनले भने, ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद।’

Comment

Related News

Latest News

Trending News