२०८२ असार ५, बिहीबार १४:४२

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टिपरका अधिकांश चालकहरुको लाइसेन्स नक्कली हुने बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद  सिंहले सरकारले पैसा खाएर हात हातमा ड्राइभिङ लाइसेन्स बाँडेका कारण अधिकांशको लाइसेन्स नक्कली हुने बताएका हुन्।

टिपरको नाम ज्यानमारा राखौं। टिपरको अधिकांश ड्राइभरको लाइसेन्स नक्कली छ,’ उनले भने।

यसबाट दिनहुँ दर्जनौं मानसहरूले अकालमै ज्यान गुमाइरहेको उनले बताए।

”अस्ती मेरै क्षेत्रमा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच सातजना घाइते भएका छन्,’ उनले भने।

सांसद सिंहले अहिलेको सरकार बनेको दिनदेखि दलितहरूमाथि अत्याचार, हत्या, हिंसा र बलात्कारका घटना बढेको पनि बताए।

‘के दलित यो देशको नागरिक होइन? दलितले न्याय नपाउनुपर्ने?,’ उनले भने।

Comment


Related News

Latest News

Trending News