२०८२ असार ६, शुक्रबार १३:२८

सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो।

‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ। नेपालमा यस वर्षको मनसुन जेठ १५ गते ( सन् २०२५ मे २९ तारिख ) देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (सन् २०२५ जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ।



नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू–भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ।

‘यस वर्ष मनसुन सरदर मितिभन्दा १५  दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३  दिन लागेको छ,’ विभागले बताएको छ।

Comment


Related News

Latest News

Trending News