२०८२ असार ७, शनिबार ०९:५२

मुख्य तीन राजनीतिक दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएकै समयमा टुङ्ग्याउने सहमति गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।



सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई चार वर्षको समय तोकिएको छ ।

शीर्ष नेताहरुको छलफलमा आयोगका पदाधिकारीबारे पीडित पक्षले उठाएका माग सम्बोधन गरेर अघि बढ्ने र सरकारका तर्फबाट अनुसन्धानलगायत काममा सहयोग उपलब्ध गराउने समेत सहमति भएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजारभन्दा बढी निवेदन परेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजारभन्दा बढी उजुरी परेका छन् । अहिले दुवै आयोगले थप उजुरीका लागि सूचना निकालेका छन् ।

Comment


Related News

Latest News

Trending News