२०८२ असार ८, आईतवार ०७:३७

रौतहटको इशनाथ नगरपालिकाले शनिबार नगर सभाहलमा ११औं नगरसभा भव्य रुपमा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार नगर प्रमुख कौशल्या देवी सिन्हाको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभामा नगर प्रमुख सिन्हाले चालु आर्थिक वर्षमा नगरपालिकाले सम्पन्न गरेका कार्यहरूबारे समग्र प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले निर्वाचनको बेला जनतासामु गरेका बाचा अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र आधारभूत पूर्वाधारको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै आगामी वर्ष पनि ती क्षेत्रहरूलाई प्राथमिकता दिइने जानकारी दिइन् ।



कृषि सिचाइको क्षेत्रमा लगानी बढाइने, सबै वडामा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने, शिक्षाको स्तर उकास्ने र कमजोर वर्गका महिलालाई सशक्त बनाउन सीपमूलक तालिमसहित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिन् । नगर प्रमुख सिन्हाले अगामी वर्षका नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, हराउँदै गएको सांस्कृतिक परम्पराको संरक्षण, खेलकुद क्षेत्रको विकास, नगरभित्र हरियाली प्रवद्र्धन, सडक सुधार, खानेपानी, सरसफाइ र आधुनिक शहरी व्यवस्थापनका पहलहरू समेटिएको बताइन् । उनले भने शिक्षा, स्वास्थ्य, कृषि र महिला सशक्तिकरणमाथि विशेष ध्यान केन्द्रित गरिएको छ।

नगरवासीले प्रत्यक्ष लाभ पाउने नीति ल्याएका छौं । नगरसभा कार्यक्रममा पूर्वशिक्षा सचिव डा. राम स्वरुप सिन्हाले प्रस्तुत नीति तथा कार्यक्रमलाई समावेशी र जनमुखी भन्दै यसको प्रभावकारी कार्यान्वयनको खाँचो औंल्याए । उनले भनेजनताको चाहना अनुसारका योजना पारदर्शी ढंगले कार्यान्वयन गरिए नगरले तीव्र गति पाउँछ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताको नेतृत्वमा तयार गरिएको नीति तथा कार्यक्रम सबै क्षेत्र समेट्ने गरी बनाइएको जानकारी दिइएको छ । उपप्रमुख परवेज आलमले आर्थिक वर्ष २०८२/८३ को लागि कुल ४९ करोड ४६ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन योजना शाखा प्रमुख इशराजुल खानले गरेका थिए ।

नगरसभामा लेखा अधिकृत मनोज ठाकुरले कार्यालय सहयोगी अमोद ठाकुरलाई २ हजार १०० रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरे भने इन्जिनियर बिराज मिश्राले १ हजार १०० रुपैयाँ प्रदान गर्दै उत्कृष्ट कार्य मूल्याङ्कनमा आधारित सम्मान वितरण गरिएको थियो । नगर कार्यपालिका सदस्यहरू, विभिन्न वडाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकार तथा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम विशेष भव्य वातावरणमा सम्पन्न भएको थियो ।

Comment


Related News

Latest News

Trending News