२०८२ असार ८, आईतवार ०७:४४

अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट शुरू गर्ने मधेश प्रदेश सरकारल जनाएको छ ।

अर्थमन्त्री सुनीलकुमार यादवले लहान नगरपालिकाको १६औँ नगरसभाको उद्घाटन समारोहमा बोल्दै लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने घोषणा गरे । अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्त्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने बताए ।



‘अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार– व्यवसायलाई प्रवद्र्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो’, मन्त्री यादवले भने । मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । ‘धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन मार्ग सहयोगी हुनेछ’, उनले भने ।

लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३/८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिए । त्यसैगरी लहानको खुट्टी नहर पुनःसञ्चालनका लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताए । ’किसानको मागलाई बेवास्ता गरिन्न’, उनले भने । जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

Comment


Related News

Latest News

Trending News