२०८२ असार ८, आईतवार ११:४६

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News