२०८२ असार ९, सोमबार ०८:१९

वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलको सीमाबाट एक इराकी नागरिकलाई भारतीय सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् ।

कागजात अभाव र शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशङ्कामा उनलाई रक्सौलको सुरक्षा जाँच चौकीबाट पक्राउ गरिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका व्यक्ति नेपाल हुँदै भारत प्रवेश गर्ने प्रयासमा थिए । यद्यपि आवश्यक कागजात नदेखाएपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेर सोधपुछ गरेका थिए । उनलाई नियन्त्रणमा लिएर हाल भारतीय सुरक्षा तथा गुप्तचर निकायहरूले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन् ।

पक्राउ परेका इराकी नागरिकको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । भार त–नेपाल खुला सीमाका कारण हुने अवैध आवतजावत र शङ्कास्पद गतिविधिलाई नियन्त्रणमा लिन दुवै देशका सुरक्षा निकायहरू सतर्क रहेका छन् । यसअघि पनि नेपालको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका चिनिया नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीहरूले रक्सौलबाट नियन्त्रणमा लिएका थिए ।

घटनाले सीमाको सुरक्षामा थप संवेदनशीलता अपनाउनुपर्ने आवश्यकता औँल्याएको सुरक्षा स्रोतहरूले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News