२०८२ असार ९, सोमबार १०:४९

रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान यात्रुवाहक बस पल्टिँदा १० जना घाइते भएका छन्।

काठमाडौँबाट भिठ्ठामोड (महोत्तरी) तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख.५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई राजमार्गको दक्षिण किनारमा ७ फिट तल पल्टिएको थियो।

घटनास्थलमा बस पल्टिएको अवस्थामा भेटिएको र चालक फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए ।

बसमा २५ जना यात्रु सवार थिए।

Comment

Related News

Latest News

Trending News