२०८२ असार ९, सोमबार १६:११

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिले विभिन्न दलबाट भित्रिएका पाँच जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पर्साका शशीकुमार मियाँ, करिमा बेगम र सुधिरनाथ पाण्डेलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो ।



यस्तै, रुपन्देहीका कैलाश गुरुङ र रुपन्देहीकै निलम यादवलाई पनि केन्द्रीय समितिमा मनोनयन गरिएको सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जनाएका छन् ।

बैठकले सप्तरीको राजविराज नगरपालिकामा हालै घटेको अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए ।

Comment


Related News

Latest News

Trending News