२०८२ असार ९, सोमबार १६:४९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराएकी हुन् । उनकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरूको उद्धार गरिरहेको छ ।

उनले भनिन् ‘भारतमा पनि बन्दी भएर हाम्रो भाइहरु हुनुहुन्छ भनेर संसदमा साथीहरूले कुरा उठाउनु भएको छ । त्यहाँबाट हालसम्म ५७ जनालाई उद्धार गरिसकिएको छ । उत्तराखण्डको एउटा किङ इन्डिया भन्ने संस्थासँग मिलेर नेपालको राजदूतावासले उद्धार गरेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु । यस्ता समस्याहरू नेपाली नागरिकले प्रत्येक दिन भोग्नुपर्ने समस्या हो ।’

उनले विदेश जाने बित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गरिन् ।

अनलाइजरायल–इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराएकी हुन् ।

सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिन सुरु गरेको थियो । उनले इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको समेत बताए ।

सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ । उनले सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि बताए ।

उनले भने ‘परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका प्रभावहरूलाई अत्यन्त गम्भीरता साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको आएको छ । १३ जुनदेखि नै हामी प्रेस विज्ञप्ति जारी गर्‍यौँ । त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ । हरेक दिन जसो म राजदुतज्यूहरुसँग समेत सम्पर्क गरेर बुझ्ने प्रयास गरिरहेको छु । त्यो बाहेक अन्य देशमा रहनुभएको राजदुतहरुसँग नेपाली नागरिकको सुरक्षाका सन्दर्भमा निरन्तर छलफल हुँदै आएको छ । जुन १७ अनलाईन पोर्टल खोलेर नेपाली नागरिकहरूको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ । अबको एकदुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरि रहेका जति पनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’

उनले अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको बताइन् । उनले इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको लागि समेत सरकार प्रयासरत रहेको बताइन् ।

Comment


Related News

Latest News

Trending News