
धनुषाको धनौजी गाउँपालिकाको गाउँसभामा उपप्रमुखको एक विरोधका बावजुद सभा सम्पन्न भएको छ । धनौजीमा सोमबार पालिकाले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय व्यय प्रस्तुत गर्दै गाउँसभा सम्पन्न गरेको छ ।
पालिकाले आगामी आर्थिक वर्षको लागि ३५ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट शर्सत अनुदान ११ करोड २४ लाख रुपैयाँ, राजश्व बाँडफाटबाट सात करोड ६६ लाख रुपैयाँ र समानिकरण अनुदानबाट आठ करोड ५१ लाख रुपैयाँ व्यहोर्ने छन् ।
त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान ५७ लाख ७१ हजार रुपैयाँ, शर्सत अनुदान ७५ लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ र समपुरक अनुदान २० लाख रुपैयाँ पाउने छन् भने पालिकाले आन्तिरक स्रोतबाट सात करोड प्राप्त गर्ने अनुमान गरेको छ । पालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक सहकारी, एक गाउँपालिका स्त्तरीय रंगशाला र कर्वड हल निर्माणका लागि अध्ययन गरिने गाउँपालिकालाई जनकपुरधामसंग जोड्न दुई लेन कालोपत्रे सडक निमार्ण गर्नेसमेत नीति लिएको छ ।
कृषिमा सिचाईमा जोड दिँदै विद्युतीकरण र व्यवसायीकरण गर्न प्राथमिता साथ बजेट विनियोजन गरेको छ । पालिकामा एक १५ शैयाको अस्पताल निर्माण गर्न पहल गरिनेछ । गर्भवती तथा शिशु मृत्युदर कम गर्न ग्रामिण अल्ट्रासाउण्डको व्यवस्था गरिने पालिकाको तयारी छ । गर्भवतीलाई बर्थिक सेन्टर सम्म निशुल्क एम्बुलेन्स उपलब्ध गराइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिक तथा दीर्घ सेवा सम्मान कार्यक्रम सञ्चालन गरी हरेक वर्ष पालिकाका एक पुरुष र एक महिला गरी दुई जनालाई सम्मान गरिने लक्ष्य छ । सो पालिकाको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट पाति गरेप नि उपप्रमुख रामवती मण्डलले असहमति जनाउँदै आएकी छन् । उपप्रमुख रामवती मण्डलले एकल असहमति जनाउँदै विरोध पनि गरेकी छन् । उनले चालु आर्थिक वर्ष फर्जी गाउँसभाको रकम फिर्ता गर्नुपर्ने माग गरेकी छन् ।
चालु आर्थिक वर्षको गाउँसभा सर्वोच्च अदालतले खारेज गरेका थिए । त्यसपछि गाउँपालिका प्रमुख राजकुमार साहले पुनः अर्को गाउँसभा गरेका थिए ।