जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ ।
मंगलबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताउनुभयो । उहाले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताउनुभयो ।
सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने उहाको भनाइ छ ।
अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाउनुभयो । सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उहाले बताउनुभयो । उहाले वर्तमान सत्ता गठबन्धन पूर्ण रुपमा असफल भइसकेको उल्लेख गर्नुभयो ।
उहाले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्डमात्रै गरेको टिप्पणी गर्नुभयो । यादवले राजनीतिक नेतृत्वको पुरानोपन, थकित अनुहार र सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको जिकिर गर्नुभयो ।


