२०८२ असार १०, मंगलवार १७:५४

प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याएको छ। जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्च तर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ।

पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन्।

यो बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

Comment


Related News