
मधेश प्रदेशसभाको बैठक बुधबार(आज) बस्दैछ ।
मधेश प्रदेशसभाको बैठकमा आर्थिक कार्यदिशाबारे छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । तर प्रतिपक्ष दलहरुले बजेट विनियोजनमा छलफल हुनका लागि रेडबुक उपलब्ध नगराइएसम्म प्रतिपक्षी दलहरु बजेटको छलफलमा सहभागी नहुने जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले जानकारी दिए । उनले हाउसमा हुने टेबुलका लागि छलफल अघि कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बजेटको बारेमा छलफल भएपछि मात्रै विनियोजित बजेटबारे प्रदेशसभामा बैठक बस्ने बताए ।

प्रदेशसभा सचिवालयले जनाए अनुसार बुधबार बस्ने हाउसमा आर्थिक कार्यदिशाबारे छलफल हुने छ । तर प्रतिपक्षी दलले भने रेडबुक उपलब्ध नभएसम्म सहभागी नहुने स्पष्ट पारेको छ ।