
महोत्तरीको सोनमा गाउँपालिकासहित विभिन्न पालिकाले नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेको छ ।
सोनमा गाउँपालिकाको ४९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानिकरणमा ११ करोड ६ लाख रुपैयाँ, संघीय सरकारको सशर्त चालु खर्च १६ करोड १९ लाख रुपैयाँ, संघीय सरकारको पुँजीगत ६२ लाख रुपैयाँ, संघीय सरकारको राजश्व बाँडफाँटतर्फ १० करोड २४ लाख २४ हजार ९५ रुपैयाँ, प्रदेश राजश्व बाँडफाँटतर्फ ५३ लाख रुपैयाँ, स्थानीय राजश्व बाँडफाँटतर्फ ६० लाख रुपैयाँ, प्रदेश सरकार समानिकरण अनुदानतर्फ ८३ लाख ४१ हजार रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदानतर्फ ८० लाख रुपैयाँ, प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख रुपैयाँ, प्रदेश सरकारको समपुरक अनुदानतर्फ २० लाख रुपैयाँ, आन्तरिक राजश्वतर्फ ३ करोड रुपैयाँ, आर्थिक वर्ष २०८१/०८२ को बाँकी रकम ५ करोड रुपैयाँ गरी कूल बजेट ४९ करोड ३८ लाख रुपैयाँको रहेको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वरप्रसाद यादवले जनाएको छ ।
त्यस्तै औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४५ करोड २७ लाख ७७ हजारको अनुमानित बजेट प्रस्ताव सार्वजनिक गरेको छ । औरही सरकार मार्फत सामाजिक सुरक्षा एवं संरक्षण प्राप्त गर्ने व्यवस्थाबाट सम्मुनत, सभ्य, सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित औरही नगरपालिकाको १६ औं नगर सभाबाट उक्त अनुमानित बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रम औरही नगरपालिकाको प्रमुख प्रदीप खडकाले सार्वजनिक गरेका छन् ।
त्यसैगरि गौशाला नगरपालिकाको १ अर्ब १५ लाख ५ हजार ५ सय र बलवा नगरपालिककाको ५२ करोड ९१ लाख ९४ हजार ५ सय ७६ अनुमानित बजेट सार्वजनिक गरिएको छ ।